फागुन १, काठमाडौं – ‘दि भ्वाइस अफ नेपाल(२’ मा सहभागी भएकी गायिका झुप्री भण्डारीको ‘सम्झी रूना रूना’ बोलको गीत सार्वजनिक भएको छ ।
पाण्डव विष्टको लय रहेको ‘ठाडी भाका’ को शब्द संकलन भण्डारी स्वयं तथा उनलाई सहयोग गर्दै आएका कमल सघर्षले गरेका हुन् ।
सुदूरपश्चिमको अछाममा जन्मेकी उनी बच्चैदेखि दृष्टिविहीन हुन् । झुप्री भ्वाइस अफ नेपाल(२ को ब्याटल राउण्डबाट बाहिरिएकी थिइन्।
कमल सघर्ष र वरुण रिजालको निर्देशन रहेको गीतमा भण्डारीका आमा(बाबु र उनी आफैले अभिनय गरेकी छन् ।
गीतमा दृष्टिविहीनले भोगेका समस्या, मनोभावना तथा समाजले उनीहरुप्रति गर्ने व्यवहारलाई समेटिएको छ।