साधारण तारेखमा छुटे मेडिकल व्यवसायी दूर्गा प्रसाइ

फागुन १, काठमाडौं । मेडिकल व्यवसायी दूर्गा प्रसाईं साधारण तारेखमा छुटेका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आफैं पुगेका उनलाई प्रशासनले साधारण तारेखमा छोडेको हो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले प्रसाईंले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएका थिए।

त्यस लगत्तै फरार रहेका प्रसाईं आज आफैं प्रशासन कार्यालय पुगेपछि उनलाई साधारण तारेखमा छुटेका हुन् ।

बी एण्ड सी अस्पताल झापाका सञ्चालक प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले दिएको उजुरीका आधारमा मुद्दा चलाइएको थियो ।