फागुन १, एजेन्सी –नाइजेरियामा एकै परिवारका १६ जनाको रहस्यमय हत्या भएको छ।
अज्ञात बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले बुधबार सिन्ह्वालाई जानकारी दिएका छन्।
घटनास्थल चर्चित सहर मानिने जारियासँगै पर्दछ। प्रहरीले दिएको विवरणअनुसार बन्दुकधारीले उनीहरूलाई घरभित्र थुनेर गोली प्रहार गरेका थिए।
घरभित्र रहेका आक्रमणमा परेका सबै जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले जानकरी दिएका छन्।