मन्त्रिपरिषद बैठकले आईजीपीको टुंगो लगाएन

माघ २७, काठमाडौं — मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षकको टुंगो लगाउन सकेन ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपी छनोट गर्न नसकेको हो ।

महानिरीक्षक सर्वेन्द्रनाथ खनालले मंगलबार अनिवार्य अवकाश पाएसँग नयाँ आइजिपीका लागि तीन डीआईजीले दाबेदारी प्रस्तुत गरिरहेका छन्।

जसमा प्रदेश १ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयमा कार्यरत सूर्यप्रसाद उपाध्याय रहेका छन्।

मन्त्रिपरिषद बैठक भोलि फेरी १० बजे बस्ने बताइएको छ ।