सूर्या लाइफको बिमा शुल्क अब एन आई सी एशिया बैंक मार्फत भुक्तानी गर्न सकिने

 

माघ २२, काठमाडौं एन आई सी एशिया र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच समझदारी भएको छ ।

अब सूर्या लाइफका ग्राहक हरुले बैंकका QR Code, Card POS,  , इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरि रकम भुक्तानी गर्न सक्नेछन् ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने ज्यू र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डे ज्यूले हस्ताक्षर गरेका छन् ।