माघ २१, काठमाडौं – चलचित्र ‘के घर के डेरा’ निर्माणको औपचारिक घोषणा गरिएको छ ।
सोमवार राजधानीमा एक कार्यक्रमका बिच निर्माण टिमले ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो ।
सुव्रतराज आचार्यको निर्देशनमा बन्ने चलचित्रमा अभिनेता दयाहाङ राई र विपिन कार्कीको अभिनय रहने भएको छ ।
शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’ मा अभिनेत्री वर्षा राउतको पनि अभिनय रहने निर्माण पक्षले खुलाएको छ ।
चलचित्रमा दयाहाङ, विपिन र वर्षाको साथमा लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायतको पनि अभिनय रहनेछ ।
मित्र डी. गुरुङको सम्पादन रहने चलचित्रमा शङ्कर थापा ‘स्माइल’ को सङ्गीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ ।