माघ २१, काठमाडौं – बुद्ध एअरले विराटनगरबाट पोखरा उडान सुरु गरेको छ । पोखराबाट विराटनगरको लागि पहिलो उडान सोमबार बिहान ११ बजेर ४५ मिनेटमा भएको थियो ।
झण्डै १ घण्टा ५ मिनेटको उडानपछि विराटनगर विमानस्थलमा अवतरण गरेको बिच एयरक्राफ्ट १९०० डी को १८ सिटे जहाजले १७ जना यात्रु ल्याएको थियो ।
हप्तामा नियमित तीन वटा उडान गर्ने तयारीका साथ विराटनगर–पोखरा उडान सुरु भएको हो । सोमबार, बुधबार र शुक्रबार नियमित तालिकामा उडान हुने बुद्ध एअरले जनाएको छ ।
विराटनगरबाट पोखराको उडानको लागि न्यूनतम भाडादरमा उडान सुरु भएको भण्डारीको भनाइ छ । उहाँका अनुसार विराटनगर–पोखराको लागि ६ हजार दुई सय भाडादर निर्धारण गरिएको छ ।