माघ २०, काठमाडौं जिल्ला प्रशासन कार्यालय, दोलखाका पूर्व प्रमुख जिल्ला अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रजिअ उप सचिव खगेन्द्रप्रसाद रिजालविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न घुस लिई भ्रष्टाचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो ।
रिजालले आफ्नो ओहदाअनुसार कार्य सम्पादन नगरी ’महिलासम्बन्धी केस लाग्छ, थुनिदिन्छ, जागिर जान्छ’ भनी डरत्रास देखाउँदै घुस माग्ने गरेको आरोप अख्तियारले उल्लेख गरेको छ ।
उनले सेवाग्राहीबाट विभिन्न समयमा ६ लाख ५२ हजार ६ सय भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ ।