माघ १४, एजेन्सी – चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । यसका साथै तीन हजार व्यक्ति यसबाट संक्रमित भएको पुष्टि भएको छ ।
हुबेईमा मृत्यु हुनेको संख्या ५६ बाट ७६ मा पुगेको छ । साथै, विभिन्न स्थान गरी ६ जनाको मृत्यु भएको छ । बुहान र त्यस आसपास शहरका स्थानीयलाई कतै निस्कन प्रतिबन्ध लगाइएको छ ।
चीन बाहेक अन्य देशमा ४४ जना संक्रमित भएको पुष्टि भएको छ यसमा नेपाल, भारत, जर्मनी, अमेरिका, अष्ट्रेलियालगायतका देश समावेश छन् ।
बेइजिङका अधिकारीले ५० वर्षे पुरुषको मृत्यु भएको पुष्टि गरेका छन् । साङ्घाइमा सरकारले फेब्रुअरी १० सम्म कसैलाई पनि काममा नफर्कन आदेश दिएको छ । उक्त प्रतिबन्ध मेडिकल संस्था, मेडिकल आपूर्तिकता र सुपरमार्केटबाहेक सबैमा लागू गरिएको छ ।