माघ १४, कैंलाली – हिंसा न्यूनीकरण गरी मानवअधिकारमैत्री नगरपालिका बनाउने उद्देश्यले गौरीगङ्गा नगरपालिकास्तरीय सञ्जाल हिंसा निगरानी समूहका लागि ‘क्षमता अभिवृद्धि’ तालीम सोमबार धनगढीमा सम्पन्न भएको छ ।
एफएमडिसी तथा विकास र परिवर्तनका लागि सञ्चारद्वारा आयोजित उक्त तालीममा तालीममा मानवअधिकारकर्मी तथा अधिवक्ता चेतराज भट्टले मानवअधिकार, राज्यको कार्यान्वयनको अवस्था, संविधान प्रदत्त मौलिक हक, पीडितका कानूनी अधिकार, विवाद र विवाद समाधानका रणनीति, नेतृत्व विकास, पैरवी वकालत, महिला हिंसालगायतबारे प्रशिक्षण दिएका थिए ।
सो अवसरमा एफएमडिसीका कार्यकारी निर्देशक उमिद बागचन्दले गौरीगङ्गा नगरपालिकामा हिंसा न्यूनीकरण गर्न र मानवअधिकारको संरक्षण गर्न तालीम दिइएको जानकारी दिए ।
गौरीगङ्गालाई एक वर्ष्भित्र मानवअधिकारमैत्री नगरपालिका बनाउने उद्देश्यले हिंसा निगरानी समूहलाई तालीम दिइएको उनको भनाई थियो ।