माघ ७, काठमाडौं – मकवानपुरको पानोरमा रिसोर्टमा अचेत फेला परेका ८ जना पर्यटकको मृत्यु भएको छ ।
हेलिकप्टरबाट उद्धार गरि उपचारका लागि काठमाडौँको ह्याम्स हस्पिटल ल्याइएका उनीहरूलाई अस्पतालले मृत घोषणा गरेको हो ।
मृत्यु हुनेमा ४ महिला र ४ पुरुष छन् । मृत्यु हुने सबै भारतीय हुन् ।
मृत्यु हुनेमा भारतको केरलाका रन्जित कप, ३४ वर्षीय ईन्द्र, ३७ वर्षीय प्रबिण कृष्ण नायर, ३२ वर्षीय सरिया, ५ वर्षीय अभी, ७ वर्षीय अर्चना, ५ वर्षीय बैशनव र ९ वर्षीय बन्द्रा रहेका छन् ।
गएराति थाहा नगरपालिकास्थित सिमभञ्ज्याङमा रहेको रिसोर्टको २ ओटा कोठा लिएर १५ जना भारतीय पर्यटक बास बसेका थिए ।
उनीहरूमध्ये एउटा कोठामा सुतेका ८ जना मंगलबार बिहान अचेत अवस्थामा फेला परेका थिए । उनीहरूलाई कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।
इलाका प्रहरी कार्यालय पालुङ्का इन्चार्ज बिराज तामाङले बन्द कोठामा हिटर बालेर सुतेकाले निसासिएर बेहोस भएको हुन् सक्ने बताए ।