काठमाडौं, ५ माघ
गायक शिव परियार अमेरिकामा पुरस्कृत भएका छन् । गायक परियार अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटी काउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा एवार्ड इन आर्ट्स’ बाट पुरस्कृत भएका हुन् । गायक परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानित हुने सम्भवत: पहिलो नेपाली कलाकार भएको बताइन्छ ।
गायक परियारले आफ्नो दुई दशकभन्दा लामो सांगीतिक करियरमा ५ सयभन्दा बढी गीत गाइसकेका छन् भने १० वटा एकल गीति एल्बम पनि प्रकाशित गरिसकेका छन् । गायक परियार यतिबेला सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा छन् ।