यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ४ काठमाडौं – बिहीबारदेखि जारी हिमपात र वर्षामा आजदेखि क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । आजबाट क्रमिक रुपमा सुधार भए हुदै जाने तर पुर्ण रुपमा खुल्ने सम्भावना नरहेको मौसमबिद्हरुको अनुमान रहेको छ ।

आज पनि काठमाडौं उपत्यकालगायत मध्य क्षेत्रका केही स्थान, पूर्वका पनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान?
माघ ४ गते (शनिबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । पहाडी तथा तराई भू(भागका थोरै स्थानमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

रातिः देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्यसम्म बदली र तराईका भू(भागमा आंशिक बदली भई पहाडी भू(भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

माघ ५ गते (आइतबार)
दिउँसोः देशभर सामान्यतया सफा तथा आंशिक बदली भई पहाडी भू(भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

रातिः देशभर सामान्यतया सफा तथा आंशिक बदली भई पहाडी भू(भागका १(२ स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

माघ ६ गते (सोमबार)
दिउँसोः देशभर सामान्यतया सफा तथा आंशिकसम्म बदली भई पहाडी भू(भागका १(२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

रातिः देशभर आंशिकदेखि सामान्यसम्म बदली भई पश्चिमी पहाडी भू(भागका १(२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।