माघ ४, काठमाडौं – अन्नपूर्ण आधार शिविर क्षेत्रमा शुक्रबारदेखि ७ जना बेपत्ता भएको प्रहरीले आशंका गरेको छ ।
खराब मौसमका कारण उनीहरु हिम पहिरोमा परेको हुनसक्ने बताइएको छ ।
अन्नपूर्ण आधा शिविर नजिकै हिम पहिरोमा परी दुई नेपाली र ३ जना कोरियाली नागरिकसहित ७ जना शुक्रबारदेखि सम्पर्क विहिन भएका छन् ।
मौसम प्रतिकुल भएका कारण त्यसक्षेत्रमा फोन सम्पर्क हुन नसकेको प्रहरीले बताएको छ ।
घटना भएको भनिएको सबैभन्दा नजिक रहेको प्रहरीचौकी धान्दुकबाट सो क्षेत्रमा जान २ दिन पैदल यात्रा गर्नु पर्ने हुन्छ ।
खराब मौसमका कारण त्यसक्षेत्रमा हेलिकप्टर जान सक्ने अवस्था पनि नरहेपछि उद्दारमा कठिनाई भएको प्रहरीली बताएको छ ।