भन्सार छली गर्ने सामान सहित पक्राउ

माघ १, काठमाडौ – सप्तरीको बलान बिहुल गाउँपालिका-४ स्थित सडकमा भन्सार छली ल्याउँदै गरेको लेडिज कुर्ता र साडी लगायतका करिब १ लाख रुपैयाँ बराबरको सामान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा खडक नगरपालिका(७ बस्ने २३ वर्षीय उपेन्द्र प्रसाद साह र बोदेबर्साईन नगरपालिका-५ बस्ने ४७ वर्षीय संजिव कुमार अग्रवाल रहेका छन् ।

प्रहरी चौकी बेल्हि र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स १ च १०१७ नम्बरको बलेरो जिपलाई जाँच गर्ने क्रममा भन्सार छली ल्याएको उक्त सामान सहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।