विप्लवको ४ लाख लुटेको प्रहरीमाथि आरोप

माघ १, काठमाडौं – अघिल्लै दिन कार्यकर्ता समातिएको सूचना नपाउँदा नेतृत्वलाई कति ठूलो घाटा यसैको पछिल्लो शिकार बनेकी छिन्

विप्लव माओवादीकी मेची–कोशी ब्युरो इञ्चार्ज उमा भुजेल ‘शिलु’ । उनी पुस १२ गते शनिबार सुनसरीको चकरघट्टीबाट समातिएकी हुन् ।
अघिल्लो साँझ भुजेल र कार्यालय सचिव सुमनसिंह पौडेल सुनसरी इञ्चार्ज प्रज्वलसहित दाइको घरमा बास बसेका थिए ।

यसअघि शुत्रबार स्थानीय दुई जना कार्यकर्ता गिरफ्तार भए पनि त्यसको खबर पाउन सकिएको थिएन । शनिबार बिहान ७ः३० बजे बास बसेको स्थानबाट निस्किनासथा सादा पोशाकका प्रहरीले मोटरसाइकलमा पिछा गरी ५ मिनेटमै पेस्ताल ताक्दै ‘रोक –रोक’ भन्दै घेरा हाली बबिन्द्र नेम्वाङको टोलीले समातेको बताइन्छ ।

गिरफ्तार गर्नासाथ बराह इप्रकामा लगिँदा उनीहरुको साथमा चार लाख ३० हजार नगद र डायरी थियो । मुचुल्का ३० हजारको मात्र बनाइ ४ लाख दाखिला नगरिएको आरोप प्रहरीमाथि लागेको छ ।
साभार जनआस्था साप्ताहिक