सिटी एक्सप्रेसको “बम्पर उपहार ”मार्फत १० लाख जिते जागेश्वरले

पुस २४, काठमाडौं – सिटी एक्सप्रेसको लखपति एक्सप्रेस २०७६ “न यति न उति सिधै लखपति योजना अन्तर्गत जागेश्वर भुस्कुलिया यादवले दश लाख रुपैयाँ पाएका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोहविच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डन द्वारा सिस्ट्ममा आधारित लक्की ड्र मार्फत उक्त विजेता घोषणा गरिएको हो । साउदी अरबकमा कार्यरत उनले अरब नेशनल बैंक –टेलिमनी बाट पैसा पठाई बम्पर उपहार १० लाख रुपैयाँ उपहार जितेका हुन ।

सिटी एक्सप्रेसको लखपति एक्सप्रेस २०७६ “न यति न उति सिधै लखपति ” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा रु १०,००० तीन जनालाई र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १००,००० र अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १०,००,००० बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस लखपति एक्सप्रेस २०७६ न यति न उति सिधै लखपति योजनाको आयोजना गरेको थियो ।

यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।