नक्कली नोटसहित दुई जना पक्राउ

पुस २२, काठमाडौं – झापाको विर्तामोडबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विर्तामोड नगरपालिका(५ का ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका(४ का २५ वर्षीय किरण खवास रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोलीले विर्तामोड नगरपालिका(५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।