पुस १४, काठमाडौं – करिब दुई सातायता लगातार बढ्दै गएको चिसोका कारण धनुषाका सबै सामुदायिक विद्यालय बन्द भएका छन्।
शीतलहरको कारण अत्यधिक चिसो बढेपछि धनुषाका सामुदायिक विद्यालयहरुमा पुस १८ गते शुक्रबारसम्म बिदा दिइएको शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख बरखुप्रसाद रजकले जानकारी दिए।
निजी विद्यालयमा पुस १४ गते सोमबारदेखि १६ गते बुधबारसम्म तीन दिनका लागि बिदा दिने निर्णय भएको छ। जाडो अत्यधिक बढेपछि अहिले तराईको जनजीवन प्रभावित भएको छ।