बेसारका फाइदा

पुस १३, काठमाडौं – शरीरका हरेक अंगलाई फाइदा र्पुयाउने स्वास्थ्यवर्धक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन् । खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ ।

बेसारका फाइदाहरु निम्न रहेका छन् ।

बेसारले मानव शरीरको डिएनए क्षति हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ।

पेटसम्बधी यावत रोगको निदान गर्न बेसारले मद्दत र्पुयाउँछ। हड्डीमा हुने सम्पूर्ण समस्यालाई बेसारले फाइदा गर्छ।

विभिन्न पीडालाई बेसार सेवनले केही हदसम्म कम गर्छ। रक्तअल्पतालाई पनि बेसारले फाइदा र्पुयाउँछ।

बेसारको नियमित प्रयोगले डिप्रेसन अर्थात् मानसिक चिन्ताको शिकार हुनबाट जोगाउँछ। बेसारको प्रयोगले स्मरण शक्तिमा वृद्धि गर्छ।

दूध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीका बेला हुने पेटको दुखाइसम्मको समस्या समाधान हुने गर्दछ ।

सौन्दर्यमा निखार ल्याउन नुहाउनुभन्दा अघि शरीरमा बेसार लगाइन्छ। यसले शरीरको मांसपेशी बलियो हुने बताइन्छ।