भदौ १, कञ्चनपुर – बेलौरी नगरपालिका–९ भगतपुरका ४९ वर्षीय वासुराम चौधरीले आज झुन्डिएर आत्महत्या गरेका छन् । घरमा कोही नभएका बेला चौधरीले घरको कोठामा झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा पठाइएको छ । आत्महत्या गर्नुको कारण खुल्न नसकेकाले अनुसन्धानको कार्यलाई अगाडि बढाइएको प्रहरीले जनाएको छ ।