लागुऔषध सेवनले ९५ प्रतिशत अपराध

पुस १२ कञ्चनपुर – गत मङ्सिर दोस्रो साता कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ एयरपोर्ट रोडमा दिउँसै दोधारा चाँदनीका २२ वर्षीय दीपक पन्तको चक्कु प्रहारबाट हत्या भयो ।

मोटरसाइकलमा यात्रा गरिरहेका पन्तलाई गोविरियाका २२ वर्षीय मनिष नाथ नेतृत्वको टोलीले चक्कु प्रहार गरी हत्या गरेको थियो । हत्यामा संलग्न चार जना स्थानीय युवा यतिबेला पुर्पक्षका लागि कञ्चनपुर जिल्ला कारागारमा रहेका छन् ।

घटनाको चार साता लामो अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले हत्यामा संलग्न ती युवाले ‘खैरो हिरोइन’ नामक लागुऔषध सेवन गरेको बताएको छ ।

प्रहरी स्रोतका अनुसार दीपक सवार मोटरसाइकलले ओभरटेक गरेको निहुँमा चक्कु प्रहार गरे पनि ती युवा केही समयदेखि गोबरिया क्षेत्रमा लागुपदार्थ सेवन गरेर लुटपाट, चोरी र कुटपिट लगायतका आपराधिक घटनामा संलग्न हुदैं आएका थिए ।

पछिल्लो समय अपराधका विभिन्न घटना यहाँ हुँदै आएको छ । अधिकांश घटना लागुऔषध वा अत्यधिक नशालु पदार्थ सेवनबाट घटेको प्रहरीको अनुसन्धानबाट देखिएको छ हाँमीकहाँ आउने कुटपिटदेखि कर्तव्य ज्यान मुद्दासम्मका अभियुक्त लागुपदार्थ सेवन गरेको पाइएको छ”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

जिल्ला प्रहरी, वडा प्रहरी र सामुदायिक प्रहरीलगायत विभिन्न दातृ निकायले लागुपदार्थ दुव्र्यसनबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि भारतसँग खुला सिमानाका कारण यहाँ लागुपदार्थ न्यूनीकरण गर्ने कार्य चुनौतीका रुपमा देखिएको छ ।

भीमदत्तनगरमा धूमपान निषेध अभियानसमेत सञ्चालन गर्दै आउनुभएका चन्दले जिल्लाभरिका विद्यालय, क्याम्पस र सङ्घसंस्थामा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन्