पुस १०, भक्तपुर – भक्तपुर नगरपालिकाले आफूद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजमा अध्ययनरत गरीब तथा जेहेन्दार एवं प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई ६८ लाख ४६ हजार ७८ बराबरको छात्रवृत्ति वितरण गरेको छ
। नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालन समितिका अध्यक्ष सुनिल प्रजापतिले बुधबार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।
कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स र कम्युनिकेशनका ५८ विद्यार्थीलाई रु ४१ लाख दुई हजार ७९५ तथा ख्वप कलेज अफ इञ्जिनियरिङका सिभिल, इलेक्ट्रिकल र कम्प्युटर विषयका ४० विद्यार्थीलाई रु २७ लाख २५ हजार २८३ बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो ।