पुस ८, काठमाडौं – काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले १२० जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
केही चिनियाँ नागरिकहरु बैंक ह्याकिङ गर्ने योजनाका साथ सक्रिय रहेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहानदेखि काठमाडौंका विभिन्न ठाउँमा छापा हान्न शुरु गरेको थियो ।
प्रहरीले काठमाडौंको मनमैजु, बाँसबारी, ठमेललगायत क्षेत्रमा छापा हानी चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकहरु शंकास्पद गतिविधिमा संलग्न देखिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।