ट्रम्पमाथिको महाभियोगको बचाउमा नेता

पुस ७ एजेन्सी – एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एकजना रिपब्लिकन नेताले बताएका छन् ।

सिनेटमा रिपब्लिकनतर्फका नेता मिच मक्कनलले सो कुरा बताएका हुन् । उनले डेमोक्र्याटहरुको पहलमा आएको यो महाभियोगको प्रस्ताव अमेरिकाको राजनीतिक इतिहासमा सबैभन्दा धेरै हतार गरेर ल्याइएको प्रस्ताव भएको उनको आरोप छ ।

उनले अहिले यसरी राष्ट्रपतिका विरुद्धमा आक्रोस पोख्दा यस्ता कार्यले भविष्यका लागि पनि राम्रो नगर्ने बताए । तर डेमाक्र्याटका नेताहरुले भने राष्ट्रपतिका विरुद्धको यस महाभियोगको कदमको बचाउ गरिरहेका छन् ।