जुवातास खेलिरहेकै अवस्थामा ११ जुवाडे पक्रिए

मंसिर ३०, काठमाडौ-“नखेल जुवा र तास धनको नास जिवनको वनवास” यो गित अधिकांसको ओठमा झुण्डिएको छ । यसले जुवा तास नखेल भन्ने सन्देश दिएको छ ।

तर पनि जुवा तास खेल्नेहरुले वानी छुटाउन सकेका छैनन । आइतवार दिउसो दाङ तुल्सीपुर उपमहानगरपालिका-६ स्थित सोही उपमहानगरपालिका-८ बस्ने ३० वर्षीय कमल घर्ती मगरको एलेक्सि जोन पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा केहि व्याक्ति पक्राउ परेका छन । कमल घर्ती मगर समेत ११ जनालाई नगद ५८ हजार ५ सय ५० रुपैयाँ र २ बुक तास सहित प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।