काठमाण्डौ – इटालियन सिरी ए मा युभेन्टस फेरि लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा उडिनेसेलाई ३(१ गोल अन्तरले युभेन्टस शीर्ष स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।
खेलको ९औँ मिनेटमा रोनाल्डोको गोलमा युभेन्टसले अग्रता बनायो । त्यसपछि ३७ औं मिनेटमा गोञ्जालो हिगुइनको पासमा रोनाल्डोले व्यक्तगत दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।
यो जितले युभेन्टसले १६ खेलमा ३९ अंक बनाएको छ ।