मंसिर २४, काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् ।
ओली नियमित डायलासिस गर्न महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् ।
ओलीको पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको छ ।
उनको १० मंसिरमा एपेन्डिसाइटिसको अप्रेशन गरिएको थियो । उनी १० दिन अस्पताल बसेर निवास फर्किएका थिए ।