मंसिर २४, एजेन्सी – सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्रीको रुपमा निर्वा्चित भएकी छिन् ।
फिनल्याण्डको सोसियल डेमोक्रेटिक पार्टीकी नेतृ मरिन यसअघि यातायात तथा सञ्चारमन्त्री थिइन् । ३४ वर्षीया मरिन पाँचवटा पार्टीको संयुक्त गठबन्धनबाट प्रधानमन्त्रीमा मनोनित भएकी हुन् ।
गत अप्रिलमा निर्वाचनमा फिनल्याण्डको सबैभन्दा ठूलो पार्टीका रुपमा सोसियल डेमोक्रेटिक पार्टी उदाएको थियो । उक्त पार्टिबाट उनले प्रधानमन्त्री पदमा उम्मेदवारी दिएकी थिइन् ।
फिनल्याण्डको बहुचर्चित पत्रिका ‘हेल सिङ्गिन् सनोम्याट र इल्टा सनोम्याटका अनुसार मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् । प्रधानमन्त्रीको रुपमा निर्वा्चित भएसँगै उनलाई संसारभरबाट बधाई आइरहेको छ ।