साउन ३१, काठमाडौँ – उत्तरी यमनमा गत पाँच दिन अघिबाट सुरु भएको द्वन्द्वका कारण करिब ६५० घरपरिवार अर्थात चार हजार ५५० व्यक्ति विस्थापित भएका छन् ।् उक्त जानकारी संयुक्त राष्ट्र संघका प्रवक्ताले बताएका छन् । मानवीय मामिला सहयोग र समन्वय कार्यलय (ओसीएचए) ले उत्तरी यमनबाट चार हजार ५५० व्यक्ति विस्थापित भएको पुष्टी गरेको छ । यद्यपी स्थानीय स्रोतभने सात हजारदेखि १४ हजार व्यक्तिसम्म विस्थापित भएको जानकारी दिएको छ । यो सङ्ख्याको पुष्टी भने नभएको जनाइएको छ । राष्ट्रसङ्घीय प्रवक्ताका अनुसार विस्थापित व्यक्तिहरू आफन्त, गतव्यस्थल र छिमेकी इलाकामा पुगेका छन् ।