महामन्त्री कोइराला भन्छन –नेपाली भूमी कुनै पनि हालतमा छोड्न सकिदैन

मंसिर २४, काठमाडौ–नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कुनै पनि हालतमा छोड्न नसकिने वताएका छन । विराटनगर विमानस्थलमा वुधवार संचारकर्मीसंग कुरा गर्दै कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका हुन ।

कुराकानीका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हामी आफ्नो भूभागको एक इन्च पनि नछाड्ने भनी प्रतिबद्धता जनाउनुभएकामा नेपाली काँगे्रसको पनि समर्थन रहेको वताए ।

अर्को प्रसंगमा महामन्त्री कोइरालाले नेपाली काँग्रेस पार्टी एक भएर अघि बढ्नुपर्ने समय आएको भन्दै उनले अहिले मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपाली काँगे्रसमा एकीकृत भएपछि फोरम लोकतान्त्रिकबाट केन्द्रीय सदस्यका लागि सिफारिस भएको ११ जनाको विषयमा पार्टीले अध्ययन गरिरहेको बताए । काँग्रेसको आउने महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने कुरामा आफूले अहिले नै निश्चय नगरेको पनि वताए ।