कात्तिक ३०, काठमाडौं – प्रबिधिको बिकाससंगै वाइफाई अनिवार्य बनेको छ । वाइफाई बिना एकछिन पनि बस्न नसक्ने अवस्था आइसकेको छ । वाइफाइका प्रयागकर्ता पनि दिनप्रतिदन बढ्दै गइरहेका छन् । यसले गर्दा आफुले प्रयोग गर्ने वाइफाई सुरक्षित राख्न सक्नुपर्दछ ।
यदि सुरक्षित नभएमा चोरी हुने सम्भावना हुन्छ । यसले गर्दा वाइफाई सुरक्षित राख्न निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।
पासवर्ड कम्तीमा पनि आठ अक्षरभन्दा बढीको राख्नुपर्दछ । यसले गर्दा चोरी हुने सम्भावना हुदैन ।
राउटरमा भएको फायरवाल इनेबल गनुपर्दछ । हरेक डिभाइसमा कनेक्ट गर्दा छुट्टाछुट्टै रुपमा इनेबल गर्न सकिन्छ । यसले तपाईको नेटवर्क पूर्ण रुपमा सुरक्षित हुन्छ ।
एसएसआइडी प्रसारण बन्द गर्नुपर्दछ । यसले आफ्नो एरियामा भएका अन्य डिभाइसलाई सूचना दिने गर्छ ।
एमएसी एड्रेस कोड प्रयोगमा ल्याउनुपर्दछ । यसको सहायताबाट तपाईंले अनुमति दिएको डिभाइसमा मात्र नेटवर्क कनेक्ट गर्न सकिन्छ ।