वार्ताका माध्यमबाट सीमा विवाद समाधान गनुपर्ने देउवाको भनाई

कात्तिक ३०, काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले शनिबार गरेको पत्रकार सम्मेलनमा देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाएका छन् ।

“कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो”, उनले भने “सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।”

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको भनाइ थियो ।