कात्तिक २९, काठमाडौं – चर्चित व्यापारिक घराना ज्योति गुप्रका सदस्य रूप ज्योति हिरासतमुक्त भएका छन् । जाहेरवाला पक्षसँग आपसी मिलापत्र गरेपछि उनी हिरासतमुक्त भएका हुन् ।
प्रहरीले ज्योतिमाथि ठगी मुद्दामा अनुसन्धान गरिरहेको थियो। जिल्ला सरकारी वकिल कार्यालयमा दुवै पक्षबीच मिलापत्र भएपछि ज्योतिलाई थुनामुक्त गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले बताए।
उनी र व्यवसायी विजेन्द्रकृष्ण मल्लबीच लेनदेन विवाद थियो। मल्ल र ज्योतिबीच सो लेनदेनमा सरकारी वकिलको कार्यालयमा ‘सहमति’ भएपछि उनलाई प्रहरीले छोडेको हो।
ज्योति र मल्लबीच घर(जग्गा कारोबारको विवाद थियो। यसै सिलसिलामा मल्लले प्रहरीमा ठगी मुद्दाको जाहेरी दिएका थिए। त्यही जाहेरीका आधारमा सर्वोच्च अदालतले पक्रन अनुमति दिएपछि प्रहरीले कात्तिक २१ गते ज्योति र उनकी छोरी सुरुचिलाई पक्राउ गरेको थियो।
सोही प्रकरणमा ज्योतिका दाइ पद्म ज्योतिलाई समेत काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो।
तर अब रूपज्योतिविरुद्ध यस विषयमा कुनै मुद्दा नचल्ने भएको छ ।