कात्तिक २२, काठमाडौं – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र स्थायी राजधानी छिटै ताकिने बताएका छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित सेतीदेवी शारदा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले संविधानको भावना अनुरुप राजधानी तोकिने बताए ।
उनले भने “सहमति भएन भने संवैधानिक प्रक्रियामा जानैपर्छ, त्यसपछि कहाँ हुन्छ भन्न सकिन्न”, सहमतिबिना संवैधानिक प्रक्रियामा गएर भए पनि छिट्टै स्थायी राजधानी तोकिने उनको भनाई थियो ।