थपिए १६ हजार २ सय १९ मतदाता

 

कात्तिक २१, काठमाडौं –   २०७४ साल यता १६ हजार २ सय १९ मतदाता थपिएको निर्वाचन आयोगले जानकारी दिएको छ । थप मतदाता संगै अहिले उपनिर्वाचनमा मतदाताहरुको संख्या ४ लाख ५४ हजार १ सय ११ पुगेको छ ।

उपनिर्वाचनका लागि ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २४७ मतदान स्थल र ५३७ मतदान केन्द्र तोकिएका छन् । तोकिएका स्थानहरुमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न समय तोकिएको छ ।

मतदानमा सहभागी हुने मतदाताहरुले अनिबार्य रुपमा आफ्नो परिचयपत्र लिएर जान आयोगले आग्रह गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुशार थप गरिएका मतदाताहरुको परिचयपत्र तयार गरी बितरण गर्न पठाइसकेको छ । अन्यले भने २०७४ सालमा बितरण गरिएको परिचयपत्र साथमा लिएर मतदान केन्द्र जानुपर्ने उनले बताए ।