कात्तिक २१, काठमाडौं –परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ती विवादित बनेको छ । विज्ञप्तिको लेखन शैली र हस्ताक्षरका बारेमा अहिले सामाजिक संजालमा बिभिन्न टिका टिप्पणीहरू भैरहेका छन् । विज्ञप्ती जारी गर्नेको नाम उल्लेख नहुनु र हस्ताक्षर पनि नक्काली जस्तो देखिनुले विज्ञप्ति विवादित बनेका हुन्।
समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कडा शब्दमा टिप्पणी गरेका छन् ।
‘चरम राष्ट्रवादको डंका पिटेर दुई तिहाइ पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला?’ डा.भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘के त्यो हस्ताक्षर हो? हात (वा आँत?) किन काँपेको होला? अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो? इँजार फुस्क्यो है!’ उनले भनेका छन्।