कात्तिक २१, काठमाडौं – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन आज बिहीबार तोकिएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्न आज बिहीबारको दिन तोकेको हो ।
आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन कात्तिक २१ गते बिहीबार शुरू हुने जनाएको छ ।
कात्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुने सहितको कार्यतालिका सार्वजनिक गरिएको छ ।
ती उम्मेदवारको अन्तिम नामावली भने कात्तिक २४ गते प्रकाशन हुनेछ । सो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१ लगायत ३७ जिल्लाका ५२ स्थानहरूमा मतदान हुँदैछ।