कात्तिक १९, बझाङ – बझाङको बुंगल नगरपालिकामा निर्माण भइरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका ४ जनाकै मजदुरको शव फेला परेको छ ।
सुरुङभित्र पसेका दैलेखका गुरास गाउँपालिका–३ का कर्णबहादुर शाही, सोही ठाउँका महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद–६ का महेन्द्र साउँद र बुझाङको बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी छन् । उद्धार टोलीले तिनै जनाको शव सुरुङको १३ सय मिटर भित्र फेला परेको थियो ।
आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका उनीहरु नफर्केपछि खोजी सुरु गरिएको थियो । सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट चार जना र दिपायलबाट पाँच जनाको विषेश टोलीसहित नौ जनाको उद्धार टोलीले सुरुङभित्र खोजतलास गर्दा तीन जनाको शव फेला पारेको हो ।