कात्तिक १९, काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो स्थापनाको १५ औं वर्ष सफलतापूर्वक पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको छ । ‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैंकिङ पहुँच’ भन्ने मूल नारालाई मनन् गरी प्रभातफेरी कार्यक्रमको पनि आयोजना गरिएको थियो ।
वार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत विगतका वर्षहरुमा जस्तै ‘रक्तदान–जीवनदान’ भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुवाटारमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
वार्षिक उत्सवकै अवसरमा आइतबार बिहान ८ बजे नेपालगन्ज क्षेत्रीय कार्यालय तथा गल्छी शाखा कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिनुका साथै बैंकको सातवटै प्रदेश कार्यालयबाट सरसफाइ लगायतका विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको जनाएको छ ।