कोरियन फारम तेस्रो दिन आज पनि भरिदै

साउन ३०, काठमाडौँ  – कोरियन भाषा परीक्षाका लागि आवेदन दिन तोकिएका स्थानमा आज तेस्रो दिन पनि युवाहरुको भीड लागेको छ ।  उपत्यकामा तीन र उपत्यका बाहिर चार ठाउँबाट आवेदन फारम बुझाउन ताकिएको स्थानमा युवाहरुको लाम लागेको हो । उपत्यकामा एक्मी इन्जिनियरिङ कलेज सीतापाइला,ल्यावरोटरी स्कुल कीर्तिपुर, च्यासल फुटबल खेलमैदान बालकुमारीबाट तथा उपत्यका बाहिर पोखराको बिन्धबासिनी उच्च माबि बाटुलेचौर, बुटबल प्रर्दशनी मण्डप र डडेलधुराको अमरगढी नगरपालीकामा रहेको कर्मचारी मिलन केन्द्र र सुनसरीको धरान बाट बुधबारदेखि आवेदन फारम बितरण भैरहेको छ ।

इपिएस कोरियाशाखाका अनुसार हिजो दोस्रो दिन २० हजार सात सय ६९ जनाले र बुधबार पहिलो दिन  साँढे १९ हजारले आबेदन फारम भरेका छन् । रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत काम गर्न कोरिया जान अनिवार्य रुपमा कोरियन भाषा परीक्षा पास गर्नुपर्छ । परीक्षा दिनेले भोलीसम्म आवेदन फारम बुझाइसक्नु पर्ने छ ।  भाषा परिक्षा असोज १० र ११ गते हुने छ । भाषा परिक्षा पास गरेकाहरु आगामी सन् २०१५ को कोटामा कोरिया जान पाउने छन् । इपिएस परिक्षा लिने क्रम सन् २००८ देखि शुरु भएको थियो ।