अदालतले महरालाई पुर्पक्षका लागि कारागार पठायो

 

कात्तिक १८, काठमाडौं – संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको काठमाडौ जिल्ला अदालतका बैतानिक वकिल सुर्दशन पौडेलले इमेल खबरलाई बताएका छन् ।

उनका अनुशार प्राप्त प्रमाणहरुका आधारमा महरालाइ थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएकाले डिल्लीबजार कारागार चलान गरिएको हो ।