कात्तिक १८, काठमाडौं – नवील बैंकले आफ्ना शेयरधनीलाई कूल ३४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत शेयर लाभांश तथा २२ प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ ।
बैंकका कम्पनी सचिव माधवप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट १०० कित्ता बराबर १२ कित्ता र २२ प्रतिशत नगद लाभांश अर्थात् प्रतिशेयर २२ वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश बैंकको आगामी साधारणसभामा प्रस्ताव गर्ने निर्णय गरेको छ ।