रेग्मीको संयोजकत्वमा प्रदेश १ मा सार्वजनिक वित्तीय व्यवस्थापन सुधार समिति गठन

कात्तिक १७, काठमाडौं – सङ्घीय सरकारले हरेक प्रदेशमा सार्वजनिक वित्तीय व्यवस्थापन सुधार समन्वय समिति गठन गर्नु पर्ने व्यवस्था ल्याएपछि अहिले प्रदेशमा उक्त समिति गठन हुन थालेका छन् ।

प्रदेश १ मा आज आर्थिक मामिला मन्त्रालयका सचिव दामोदर रेग्मीको संयोजकत्वमा उक्त समिति गठन भएको छ ।

समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेश योजना आयोगका सचिवहरू, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रदेशका ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल, उद्योग वाणिज्य महासंघका प्रतिनिधि सदस्य र प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा नियन्त्रक सदस्य सचिव रहेका छन् ।

समितिले प्रदेश सरकारको सार्वजनिक वित्तीय सुधारको लागि नेपाल सरकारको नीति बमोजिम एकद्वार नीति विकास गर्ने, प्रदेशको नीति रणनीति कार्यनीति मापदण्ड विकास गर्ने , वित्तीय व्यवस्थापनको प्रभावकारी र समष्टिगत सुधारका लागि आवश्यक नीतिगत मार्गदर्शन गर्ने लगायतका कामहरु गर्ने छ ।