प्रधानमन्त्रीका सुरक्षा अधिकृत जुवाखालबाट पक्राउ

कात्तिक १६, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत (एडिसी) जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर एवं प्रधानमन्त्रीका सुरक्षा अधिकृत राजेन्द्र शाहीलाई टोखा प्रहरीले गएराती पक्राउ गरेको हो।

काठमाडौं प्रहरी परिसर टेकुले शाहीसँगै अन्य ८ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, धर्म शाही, किरणजंग शाह, निरज राणा र जितबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट प्रहरीले पक्राउ गरेको हो। साथै प्रहरीले सो जुवाखालबाट नगद एक लाख ५९ हजार पनि बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।