कपिलबस्तुको पछिल्लो विवरण – कफ्र्यू जारी, मुतकको शब अझै उठ्न

कात्तिक १४, काठमाडौं – कपिलवस्तुको कृष्णनगरमा हिन्दू र मुस्लिम समुदायबीच भएको झडपमा प्रहरीको गोली लागि एक भारतीय नागरिक सुरज पाण्डेको मुत्यु भएपछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन ।

प्रदेश ५ का प्रहरी प्रवक्ता नवराज पोखरेलका अनुसार बिहान ११ बजे लगाइएको कफ्र्यू अझै सम्म हटेन छैन । मृतकको शव पनि उठ्न सकेको छैन । कफ्र्यू कति वेला हट्ने हो र अवस्था समान्य हुने हो भन्ने एकिन अहिले गर्न नसकिने पोखरेलले वताए ।

लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार साँझदेखि नै दुई पक्षबीच विवाद भएको थियो । विवादलाई साम्य पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । तर, स्थानीय उल्टै उग्र भई प्रहरीतर्फ पनि ३ जना घाइते भए पछि गोली चलेको बताइएको छ ।

फाइल फोटो