प्रधानमन्त्री आजै डिस्चार्ज हुने प्रचण्डको भनाई

कात्तिक १४, काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीको आजै डिस्चार्ज हुने भएको छ । ग्रान्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीसँगको भेटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्रीको आजै डिस्चार्ज हुने बताएका हुन् ।

ओलीसँगको भेटपछि चिकित्सकहरुले आफूलाई प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौलाको डायलाइसिस सम्पन्न भएको जानकारी दिँदै आजै डिस्चार्ज हुने जानकारी दिएका हुन् । प्रचण्डले प्रधानमन्त्रीको आज दोस्रोपटक सफलतापूर्वक डायलाइसिस सम्पन्न भएको जानकारी दिए।

थप डायलाइसिस गर्नुपर्नेरनपर्नेबारे भने भोलिरपर्सीको अवस्था हेरेर मात्रै केही भन्न सकिने चिकित्सकहरुले बताएका प्रचण्डको भनाइ छ। ’नियमित डायलाइसिस गर्नुपर्नेबारे अहिले फाइनल भइसकेको छैन,’ उनले भने।

प्रधानमन्त्रीको निजी सचिवालय, उपचारमा संलग्न चिकित्सक र अस्पतालले डायलाइसिस भइरहेको विषयलाई गोप्य राखेको छ। प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उक्त मिर्गौलामा समेत समस्या आउन थालेको छ। उनले गत भदौमा सिंगापुर गएर ’प्लाज्माफेरेसिस’ गरेका थिए। रगतमा ’एन्टिबडी’ बढेपछि प्लाज्माफेरेसिस प्रक्रियामार्फत् उपचार गरिएको थियो।