देउसी खेल्दा नर्गनु यि पाँच कुरा

कात्तिक, ९ काठमाडौं – नेपालीहरुको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । तिहारमा देउसी भैलो खेल्ने परम्परा रहि आएको छ । देउसी भैलौ खेल्ने क्रममा निश्चित नियम पालना गर्न महानगरिय प्रहरीले आग्रह गरेको छ ।

देउसी खेल्ने क्रममा अभद्र ब्यबहामा संम्लन भए १ बर्ष सम्म कैद वा १० हजार रुपैयासम्म जरिवाना हुने ब्यबस्था रहेको छ ।

यस्ता छन् नियमहरु

कसैलाई पनि बढी पैसा दिन कर नगर्ने ।

मदिरा सेवन गरि देउसी भैलोमा संलग्न नहुने ।

जिल्ला प्रशासनले तोकेको समय भन्दा बढी समय नखेल्ने ।

देउसी भैलो खेल्ने क्रममा झैंझगडा नगर्ने

ठुलो आवाजमा स्पीकर प्रयोग नगर्ने