कात्तिक ८, काठमाडौं – आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि सङ्खुवासभाका राजनीतिक दल उम्मेदवार छान्न होमिएका छन् ।
रिक्त रहेको मकालु गाउँपालिकामा अध्यक्ष र खाँदबारी नगरपालिका–३ मा वडाध्यक्ष पदका लागि उम्मेदवार छान्न दलहरु व्यस्त छन् ।
स्थानीय तहमा उपनिर्वाचन हुने भएपछि राजनीतिक दल चुनावी मैदानमा होमिएका हुन् ।
आसन्न उपनिर्वाचनका लागि राजनीतिक दलले चुनावी अभियानलाई तीव्रता दिन थालेका छन् । मकालुका अध्यक्षको गाडी दुर्घटनामा निधन भएको थियो भने खाँदबारी–३ का वडाध्यक्षको हृदयघातबाट मृत्यु भएको थियो ।
मकालुका अध्यक्ष खड्गबहादुर कटुवाल २०७४ माघ २९ गते र खाँदबारी–३ का वडाध्यक्ष तोयानाथ ढुङ्गानाको २०७४ फागुन १३ गते मृत्यु भएको थियो ।
गाउँपालिका अध्यक्ष र वडाध्यक्षको पद रिक्त भएपछि अहिले कार्यवाहकका भरमा चलेको छ । नेपाल कम्युनिष्ट पार्टी९नेकपा० र नेपाली काङ्ग्रेस उम्मेदवार टुङ्ग्याउने तरखरमा छन् ।