विप्लव समूहले बनायो छुट्टै जनसत्ता, आक्रामक योजना बनाउँदै

कात्तिक ८, काठमाडौं – विप्लव समूहले नयाँ नेतृत्व गठन गरेसँगै जिल्लामा गतिविधि बढाएको छ । संगठन निर्माणसँगै राज्यसत्तालाई असफल बनाउन छुट्टै जनसत्ता स्थापना गरेको छ ।

जनसत्तासँगै सेनाको तालिम र प्रशिक्षणका लागि युवाहरूलाई आह्वान गरेको छ । सदस्यता वृद्धिलाई तीव्र बनाएको छ। चन्दा संकलन, भण्डाफोर अभियान, जनसंगठन परिचालनलगायतका कार्यमा क्रियाशील भएको छ । राज्य सत्ताका सबै काम असफल बनाउन गतिविधि सञ्चालन बिप्लप समुहले गरिरहेको छ ।